मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारीको छैठौ बार्षिक साधारण सभा सम्पन्न
एकता गरेर अघि बढ्न सहकारीलाई मेयर शाहीको अनुरोध

शोभा कुमारी पाण्डे
पाल्पा, पौष १२
तानसेन स्थित मुक्तिनाथ कृषि बहुउद्धेश्यीय सहकारी संस्था, पाल्पाको छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पाल्पा उद्योग बाणिज्य संघको सभाहलमा भएको साधारण सभाको उद्घाटन गर्दे तानसेन नगरपालीकाका मेयर अशोक कुमार शाहीले तानसेनका सहकारीहरु एकठाँउमा उभिनुपर्नेमा जोड दिनुभयो । एउटै उद्धेश्यले अघि बढेका सहकारीहरु एकता गरेर अघि बढे सबैको भलो हुने समेत उहाँको भनाई थियो ।

जिल्लाका सहकारीहरुलाई पर्यटन क्षेत्रको बिकासमा समेत अघि बढ्न आग्रह गर्दे नगरप्रमुख शाहीले पैसा उठाउने र ऋण दिने काममा मात्रै भन्दा पनि अन्य नयाँ काममा लाग्न समेत सबै सहकारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजुमहर्जनले तानसेनमा रहेका शहकारीको सहयोगले ब्यापारी ब्यवशायीहरुलाई धेरै फाईदा पुगेको बताउनुभयो । बैङ्कहरुमा ऋण लिन धेरै समस्या हुने तर सहकारीमा सेवा लिन धेरै झन्झट नहुने भएकाले पनि सहकारीमा आकर्षण बढेको उहाँको भनाई थियो ।
सहकारीका अभियान्ता हरी रायमाझीले मालपोत कार्यालयमा कर्मचारीको अभाब हुँदा ऋण दिन सहकारीहरुलाई समस्या परेको गुनासो गर्नुभयो । मुतिmनाथ सहकारीका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकार रामप्रसाद श्रेष्ठले सबै शेयर सदस्यहरुले पनि आफ्नो सहकारीका बारेमा चासो राख्दै संचालक तथा कर्मचारीहरुलाई बेला बेलामा खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी अभियान्ता शशि श्रेष्ठले सहकारी आन्दोलनमा महिलाहरुको उल्लेखनिय योगदान रहेपनि सहकारीमा समेत महिलाहरु पछि परेको गुनासो गर्नुभयो । पत्रकार भोजराज भटराईले सहकारीले पैसाको बचत गर्ने र ऋण दिनेमात्रै भन्दा पनि रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीका शेयर सदस्य चित्रवलीराम सुवालले अन्य सहकारी भन्दा फरक उद्धेश्य र नयाँ हिसाबले अघि बढेको सहकारी भएकाले आफूहरु मुतिmनाथ सहकारीमै आबद्ध भएको बताउनुभयो । सहकारीले आफ्नो बार्षिक साधारण सभाको अवसरमा सहकारीमा आबद्ध जेष्ठ नागरिकहरु मंगोल प्रसाद मलेगो र धर्मरत्न बज्राचार्यलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अध्यक्ष मोहन श्रेष्ठले बार्षिक प्रतिबेदन, सचिब शंकर भण्डारी र कोषाध्यक्ष बिनोद पन्थीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रमका पाहुनाहरुलाई स्वागत गर्दै सहकारीका उपाध्यक्ष देब पचभैयाले समग्र जिल्ला समेट्ने गरी अनुमति प्राप्त मुक्तिनाथ सहकारीले आफ्नो उद्धेश्य अनुसार काम गरिरहेको जानकारी दिनुभयो । कृषि क्षेत्रलाई मुख्य आधार बनाएर सहकारीले आफ्ना योजना र कामकारवाही अघि बढाएको उपाध्यक्ष पचभैयाको भनाई थियो । कार्यक्रम अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिब भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।