कर्मचारीमा कोरोना संक्रमण भएपछि मिशन अस्तालको सेवा सिमित

पाल्पा, भदौं, २९
कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पाको मिशन अस्पतालले आफ्नो सेवालाई सिमित गरेको छ । भदौं ३० गते मंगलबार देखि लागु हुने गरि अनिश्चित कालका लागि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द भएको अस्पतालका निर्देशक डाक्टर रचेल कारणद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । सोमबार पुष्टि भएका पाल्पाका २१ संक्रमित मध्ये युनाईटेड मिशन अस्पतालका एक डाक्टर, एक अनमि, एक कर्मचारी र एक बिरामीमा संक्रमणको पुष्टि भएको थियो ।