लुम्बिनी मेडिकल र मिशन अस्पतालका स्वास्थ्य कर्मीमा कोरोना संक्रमण
पाल्पा, भाद्र २९
पाल्पाको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिशन अस्पतालका ५ स्वास्थ्य कर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबाट पाल्पामा थपिएका ६ संक्रमित मध्ये युनाइटेड मिशन अस्पतालका ३ जना ( एक कर्मचारी सहित) र लुम्बिनी मेडिकल कलेज, प्रभासका २ जना स्वास्थ्कर्मी हुन् । बाकी एक संक्रमित मिशन अस्पतालमा उपचाररत रहेका बिरामी रहेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । मिसन अस्पतालमा कार्यरत ३३ वर्षका एक चिकित्सक, ३४ वर्षिया अनमी र ३४ वर्षका स्टाफमा कोरोना संक्रमण भएको हो । लुम्बिनी मेडिकल कलेजका २२ र २३ बर्षिया स्टाफनर्समा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

पाल्पामा अहिले सम्म ७ जना स्वास्थ्य कर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार थपिएका ६ जना संगै पाल्पामा संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । संक्रमित मध्ये ५ सय ७७ जना सन्चो भएर घर फर्किएका छन् भने एक पुरुष र एक महिलाको संक्रमणकै कारण ज्यान गएको छ ।