नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो 

काठमाण्डौं, जेठ २८

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको  छ । बुधबार २ सय ७९ जना संक्रमित थपिएका हुन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६ सय ७४ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन् ।  कोरोना परिक्षणको दर बढेसंगै संक्रमितको संख्या पनि थपिदै गएका छन् । पछिल्लो समय भारतवाट नेपाल फर्किकाहरुमा संक्रमणको समस्या बढी देखिएको छ ।