नेपालमा कोरोना संक्रमितको संख्या पन्ध्रसय ६७ पुग्यो
काठमाण्डौं, जेठ १८
नेपालमा कोरोना संक्रमितको संख्या पन्ध्रसय ६७ पुगेको छ । आईतबार थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितमा स्याङ्जाका २, तनहुँका १, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलबस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङका १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् । डाक्टर देबकोटाका अनुसार अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमण बाट नेपालमा ८ जनाको ज्यान गएको छ ।