पर्साका ४ पत्रकार कोरोना संक्रमित
काठमाण्डौं, बैशाख ३०
पर्साका ४ पत्रकारलाई कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सामा संक्रमित ३९ मध्ये ४ पत्रकारलाई संक्रमण भएको पत्रकार महासंघ, पर्सा शाखाले जनाएको छ । बिरगंजको पर्सामा गएको चैत ३१ गते ३ जनामा संक्रमणको पुष्टि भएको थियो । संक्रमितका रिपोर्टिङ गर्न निश्किएकाहरुलाई संक्रमण भएको पाइएको नारायणी अस्पतालले जनाएको छ । संक्रमित पत्रकारहरु जिल्ला शाखाका पदाधिकारी तहका रहेको जनाइएको छ ।