पाल्पाका रानालाई हटाएर बामदेवलाई प्रतिनिधि सभामा लाने नेकपाको तयारी

पाल्पा, बैशाख २०,
पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य दल बहादुर राना मगरलाइए राजीनामा गराएर बामदेब गौतमलाई प्रतिनिधि सभामा लाने नेकपाले तयारी गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधब नेपाल संग लागेर प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध लागेका उपाध्यक्ष बामदेब गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउने ओलीको तयारी छ।तर पाल्पाका प्रतिनिधि सभा सदस्य रानाले यस बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिकृया दिनुभएको छ ।

शनिबार अबेर सम्पन्न सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको उम्मेद्धार बनाउने निर्णय समेत गरेको छ । सचिबालय बैठकले २५ गते स्थायी कमिटि बैठक बोलाउने निर्णय भएको पार्टीका प्रबतmा नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।