अस्तब्यस्त मालपोत, कम्प्यूटर शाखा तालिमकेन्द्र बन्दै ? (भिडियो सहित )



पाल्पा, भाद्र ४
कार्यालय प्रमुख लगाएतका कर्मचारीमा कोरोना संक्रमण भएपछि केही दिन बन्द भएको पाल्पाको मालपोत कार्यालय अस्तब्यस्त छ । कोरोना कहरको जोखिम झन् झन् बढेपनि कुनै सावधानी अपनाइएको छैन । भिडभाड र ठेलमठेलले कोरोना जोखिमलाई झन् बढाएको छ । सेवा ग्राही प्रति कर्मचारीको ब्यवहार निकै रुखो छ । सेवाग्राहीले कुनै प्रश्न या जिज्ञासा राख्दा कर्मचारीको जवाफ हुन्छ, धन्न कोरोना निको नहुदै कार्यालय आएका छौ, अझै एक हप्ता घरमै सुतेका भा, था पाउथ्यौं ।

जनताको करबाट तलब खाने कर्मचारीले यस्तो ब्यवहार गर्न नहुनेमा धेरैको सुझाव छ । कामका लागि कागजपत्र नमिले सझाउने बुझाउने गर्नुपर्नेमा कर्मचारीले उल्टै थर्काएर फिर्ता पठाइदिएको सेवाग्राहीले जनाएका छन् ।

मोठ नम्बर ५ (कम्प्युटर) शाखा तालिम केन्द्र ?

मालपोत कार्यालयको कम्प्युटर शाखा (मोठ ५ ) सधै भिड हुन्छ । कार्यालय छिर्ने बाटैमा कम्प्युटर शाखा भएकाले पनि सेवाग्राहीलाई हिडडुल गर्न समेत समस्या छ । पछिल्लो समय कम्प्युटर शाखामा रहने कर्मचारीका छेउछाउमा कुसी नै राखेर बस्ने पाहुनाका कारण पनि कम्प्युटर शाखाको काममा ढिलाई भएको गुनासो बढेको छ । ति पाहुनालाई कर्मचारीले काम सिक्न राखेको आरोप पनि छ । कर्मचारी काम सिकाउन ब्यस्त हुने यता सेवा ग्राहीको काममा ढिलाई भएको भन्दै काम लिएर गएकाहरुले गुनासो गर्न थालेका छन् ।

चिने जानेकाको फटाफट काम हुने समस्या झन् बढेको गुनासो छ । सरकारलाई पैसा तिर्न जाँदा समेत सास्ती बेहोर्नुपरेको भन्दै सेवाग्राहीले समस्या समाधानका लागी पहल गरिदिन सबैसंग आग्रह गरेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *