अलविदा कृष्ण सर


कतिपयमानिसका मृत्युले वास्तवमा समाजकालागिअपुरणीय क्षति पु¥याउँछन् । अहिले पाल्पामा यस्तै भएको छ । तानसेनको सेन माध्यमिकविद्यालयकाप्रधानाध्यापक कृष्णबहादुर मल्लको उपचारकाक्रममायही साउन२२ गते साँझ मृत्यु भएको छ । उहाँमाकोरोनाभाइरस संक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको रपाँचदिनको जिल्ला अस्पताल, तानसेनको उपचारपछि थपउपचारकालागि मेडिसिटी अस्पताल, काठमाडौंमालगिएको थियो । निरन्तर अक्सिजनदिनुपरेकामल्लको आइ. सि. यु. र भेन्टिलेटरमाउपचार भैरहेको थियो । दूर्भाग्यउहाँबाँच्नु भएन । सानो उमरमै आमागुमाउनुभएका कृष्ण सरको बुवादुई वर्ष अगाडि बित्नु भएको थियो । भरखर ५२ वर्ष मात्रपुगेका कृष्ण सरको चितवनकिनिर्मला ठकुरीसँगविवाहभएको थियो । उहाँहरूकादुई छोराहरू छन् क्रमशः १० वर्ष र सातमहिनाको । यसरी निर्मला म्याडम र छोराहरूमाथि ठूलो बज्रपातभएको छ । दैव यति धेरै निष्ठुरी किनबनेको हो ?त्यो सातमहिनाको बालकले बुवालाई चिन्नपनिपाएन । कृष्ण सरको माया ममताबाट बञ्चितहुनुको पीडा एकातिर छ तर निर्मला म्याडमलेदुई छोराहरूको पालनपोषण, शिक्षाआदिको जिम्मेवारी एक्लै बहनगर्नुपर्ने भएको छ । उहाँमायसकालागि साहस, हिम्मत र धैर्यताको कामनागर्दछु । नाबालकअबोध बालक छोराहरू आमाको मायाममता र सन्देशको कदर गर्दै बाबुको पदचाप पछ्याउनपक्कै सफलहुनेछन् भन्ने कामनागर्दछु । परीवारले श्रीमान्, बाबु, दाजु आदि साइनो अनुसारको सदस्यगुमाएको छ । हामी साथीभाइले सँधै हँसीलो, उज्यालो, खिस्स हास्ने, बकबककहिल्यै नगर्ने, बौद्धिक तार्किक बोलीको धनीअसलमित्रगुमाएका छौं । शायद केहीदिनसम्म साथीहरूले पनि परीवारले जस्तै पीडा महसूस गर्नेछन् तर म्याडम र साना छोराहरूलाई हुने आजीवन पीडाको अनुभूति र त्यसको गहिराई शब्दमाव्यक्तगर्न सकिंदैन ।मैले कृष्णबहादुर मल्लको मृत्युलाई प्राज्ञिक क्षतिका रूपमालिएको छु ।
पृथ्वीनारायण क्याम्पस पोखरामा शिक्षण गरिरहनु भएका कृष्णले शिक्षक सेवाआयोगमामाध्यमिकतहमानामनिकालेपछि पाल्पाको वेद मा. वि. बराङ्दीमानियुक्तिलिई शिक्षण गर्नुभयो । पछि तानसेनको सेन मा. वि. मा सरुवा भै शिक्षण गर्दै २०७४ पुस ५ गतेदेखि प्रधानाध्यापकको जिम्मेवारीमाहुनुहुन्थ्यो । स्वर्गीय कृष्ण बहादुर मल्लसँग मेरो सम्पर्क उहाँ सेन मा. वि. माआइसकेपछि अलि बढ्यो । उहाँलाई मैले शैक्षिकतालिम केन्द्रमा प्रशिक्षणका लागि अनुरोध गर्दथें । उहाँ केन्द्रको अंग्रेजीविषयको रोष्टर प्रशिक्षकहुनुहुन्थ्यो । उहाँले विद्यालयमामध्यान्तरसम्मकक्षा सकाएर अन्तिम सत्र सञ्चालनकालागितालिम केन्द्रमाआउनुहुन्थ्यो । अर्थात् विद्यालयको पढाइ नबिगारीकनतालिम केन्द्रलाई पनि सहयोग गर्नुहुन्थ्यो । एकताकातालिमका सहभागिहरूलाई आधा घण्टाको मध्यान्तर दिई खाजाकालागि छाडिन्थ्यो । केन्द्रमाखाजाखुवाउने व्यवस्थाथिएन । दिउसो २ः३० बजे खाजापछिको सत्र कृष्णजीले सञ्चालनगर्ने सल्लाहगरिएको थियो । उहाँ २ः३० पहिल्यै तालिमकक्षमाजानु भयो र २ः३५ सम्म बस्नु भयो । सहभागिनदेखेपछि उहाँ त्यतैबाट विद्यालयजानु भयो । सहभागिहरू पछि आउनु भयो । प्रशिक्षकनभएको हल्लाचल्यो । मैले सत्र सञ्चालन गरें । वास्तविकता त सहभागि ढीलो गरेको कारणले उहाँ हिड्नु भएछ । यस घटनाले मलाई समय पालनाकालागि कृष्णजी अब्बलभएको र हामी सबैले समय पालनालाई ध्यानदिनुपर्ने पाठ सिकायो । हामीतालिम सत्रपछि समीक्षापनि गर्छौं । उहाँ सहभागिभएर पनिआउनु हुन्थ्यो ।मेले उहाँसँग मेरो भाषा, क्रियाकलाप, गति, सहभागिसँगकाव्यवहारकाबारेमा टिप्पणी माग्थें । मैले बोल्ने क्रममा“डिस्कस अबाउट”भन्दोरहेंछु । कृष्णजीले ख्यालगर्नु भएको रहेछ । यो अभिव्यक्तिअंग्रेजीव्याकरणका हिसाबले गलतहो । कृष्णजीले यो गल्तीऔंल्याइदिनु भयो । म आजकल यस्तागल्तीनहोउन् भनेर सचेत बन्छु । यसरी प्राज्ञिक सिकाइकालागि भरोसा योग्यमानिस अब बिछोड भएको छ । मैले हरेक तालिम सत्रमा कृष्णजीलाई सम्झिन्छुहोला ।
नेपालमाअंग्रेजीभाषा शिक्षण गर्ने बालशिक्षादेखि विश्वविद्यालयशिक्षाकाशिक्षकहरूको संस्था नेल्टा छ । यसको पाल्पाशाखाको संस्थापकअध्यक्ष म स्वयम् थिएँ र कृष्ण सर कार्यसमिति सदस्यमा रहेर हामीलामो समयसम्मकामग¥यौं । समितिमा रहेर हरेक बैठक र क्रियाकलापमा सहभागीहुने मात्रनभै समितिबाहिर रहेर पनि नेल्टाका हरेकक्रियाकलापमा सक्रिय सहभागीहुने गर्नुहुन्थ्यो । अंग्रेजी साहित्य, अ‍ैग्रेजीभाषा शिक्षण र भाषाविज्ञान गरी तीनओटा अंग्रेजीविषयमा स्नातकोत्तर गर्नुभएका कृष्णजीले राजनीतिशास्त्रविषयमा समेत गरी चार ओटा विषयमा स्नातकोत्तर गर्नु भएको थियो । उहाँले मलाई सुनाउनु भएको थियो कि एकपटक पोखरामानिजीविद्यालयमा शिक्षण गर्न जानु भएछ । अंग्रेजीमा स्नातकोत्तर गरी पृथ्वीनारायण क्याम्पसमाअंग्रेजी शिक्षण गरिरहनु भएको बेला त्यसविद्यालयले विज्ञान गणित शिक्षण गर्न दिएछ । अनिउहाँले आइ एस्सी भर्ना भै उतीर्ण गर्नु भयो । उहाँको यस शिक्षाको उपयोग शैक्षिकतालिम केन्द्रमा ब्रिटिश काउन्सिलको सहयोगमा सञ्चालितअंग्रेजीमाध्यममा शिक्षणसम्बन्धी तालिमकार्यक्रममाआधारभूततहकाशिक्षकहरूलाई विज्ञान र गणितका विषयवस्तु अंग्रेजीमाध्यममा शिक्षण गर्न सिकाउनकालागि समेत कामलागेको थियो ।
सिक्नकालागिकहिल्यै पछि नहट्ने कृष्णजीले नेल्टा वा शैक्षिकतालिम केन्द्रका हरेक शिक्षणसिकाइ क्रममाअत्यन्त मेहनतकासाथकामगर्नुहुन्थ्यो ।नेल्टा केन्द्रिय समिति र अमेरिकाको ओडब्लुएल मिलेर ११ हप्ते अनलाइनकोर्स जुलाई २०२१ मा सकिएको थियो । म पनि त्यस कोर्सको सहभागिथिएँ । कृष्णजीले हरेक कार्य समयमै सम्पन्नगर्नुहुन्थ्यो । प्राध्यापकहरू र अन्य सहभागिहरूले उहाँको निकै प्रशंसा गर्दथे । उहाँका टिप्पणी सबैलाई उत्प्रेरित गर्ने, अर्थपूर्ण र प्राज्ञिक दृष्टिकोणसहितका हुन्थे । त्यस कार्यक्रमको प्रमाण–पत्रआइसकेको छैन । उहाँले देख्नपाउनुहुने भएन । यसरी जीवनको अन्तिमसम्मपनिउहाँमासिकाइभोक थियो । यहाँबल्लतल्लब्याकलागेर थर्ड डिभिजनमा पास भएकाहरूले उहाँको यो मेहनतको गहिराइबुझ्ने कुरै भएन । यस क्रममा सम्झना आउँछ कृष्णजी र मेरो अहिलेसम्म बढुवा भएको छैन । यहाँकतिपय थर्ड डिभिजन ब्याकवालाहरू पनि बढुवा भैसके । उहाँ फस्ट डिभिजनवाला हो र मेरो पनि फस्ट र सेकेण्ड डिभिजन छ । हाम्रो बढुवा किनहुदैन, हँगोपालभन्दै हास्नु हुन्थ्यो । उहाँ र मलाई क्याम्पसमाजागिर खान लेखेको छैन । यस अर्थमापनि कृष्णजी र मेरा केही समानताथिए । अबयसप्रकारकाव्यथाका कुरा गरेर हास्ने दिन सकिए । कृष्णबहादुर मल्ल मेहनत गरेरै परिस्थितिलाई चिर्दै आएको व्यक्तिहो । उहाँ सानोमा पढाइ छाडिसकेको तर पाल्पाजिल्लाकापूर्व सभापतिझपेन्द्र जि सि को उत्प्रेरणाबाट पुनः पढाइमा लागेको, विद्यालयकाकतिपयकक्षा पढ्दैनपढी माथिल्लो कक्षामाभर्ना गरेर पढेको स्वयम् कृष्णजीले बताउने गर्नु हुन्थ्यो । सोही कुराको सहमतिजनाउँदै नेकपाएमाले नेताझपेन्द्र जि सि ले आफुले उत्प्रेरित गरेको र कृष्ण मल्ल सानैदेखि असल मान्छे भएको बताउनु हुन्छ । विद्यालयमा शिक्षण गर्ने क्रममाअसाध्यै मेहनतगर्ने, विद्यालयतथाविश्वविद्यालयका धेरै विद्यार्थीैलाई ट्युशन पढाएर उतीर्ण गर्न सहयोग गरेको हो । उहाँअसलशिक्षकमात्रनभएर प्रधानाध्यापक भैसकेपछि विद्यालयमा केही सकारात्मक परिवर्तन गर्न सकेको र खासगरी विद्यार्थि संख्याकाहिसाबले दयनीयबनेको विद्यालयको अवस्थामा बृद्धि गरी कक्षा ११ र १२ माउल्लेख्य परिवर्तन देखिएको शिक्षकभिमलाल बस्यालले बताउनु भयो । यसरी व्यक्तिगत मेहनत र लगनशीलताका साथै संस्थागत पुण्य कार्यमालागिरहेकै बेलाविश्वब्यापि फैलिएको कोरोनाभाइरसको निहुँबनाएर भगवानले कृष्ण बहादुर मल्ललाई आफूसामु लैजानु भएको छ । यो समाजले तपाईंलाई एउटा खोप दिनपनि सकेन । शायदअवअलिविवेकशील समाजमाजन्मलिनु होला । मृत्यु अवश्यम्भावी छ । सबै मानिसले जन्मने र मर्ने क्रममा केही समय ढीलो चाडो मात्रहो । अबहाम्रो जति धेरै गुनासो भएपनि कृष्णजी नफर्कने गरी जानु भएको सत्य हो । तसर्थ अलविदा कृष्ण सर । हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *