पाल्पा, असार १,
पाल्पामा पहिरोले घर पुरिदा एक यूवाको ज्यान गएको छ । पहिरोले घर पुरिदा रिब्दीकोट गाउँपालिका ४ मन्छिपका १९ वर्षिय मदन भट्राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । २ दिन देखिको अबिरल बर्षा संगै मंगलबार बेलुकी ७ बजे तिर घर माथि बाट आएको पहिरोले महेन्द्र भट्राई क्षेत्रीको घर पुरिदा उहाँका छोरा मदनको ज्यान गएको हो । पहिरोले गंभिर घाइते भएका सन्दिपलाई उपचारका लागी पाल्पा अस्पताल ल्याएकोमा बेलुकी ९ बजेतिर डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।