पाल्पा, जेठ ३१
पाल्पामा जारी निषेधाज्ञा असार १२ गते सम्म लम्विएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको बैठकले जेठ ३१ गते सम्मको निषेधाज्ञाको समयलाई थप गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जारी निशेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
गएको बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप भएको हो । बैठकले यस अघि संचालनमा रोक लगाएको पुस्तक पसल, बित्तिय संस्था, लघुबित, सहकारी एवम् बिमा सम्बन्धी कार्यालयहरुलाई संचालन गर्ने निर्णय गरेको छ । बिहान ७ देखि १० बजे सम्म संचालन अनुमति पाएका अत्यावश्यक दैनिक उपभोग्य खाद्ध सामान बिक्रि गर्ने पसलहरु, दुध, फलफुल, तरकारी पसल , माछामासु, पानी ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामाग्रीका पसलहरु अव ७ देखि ११ बजे सम्म संचालन गर्ने निर्णय भएको छ ।