पाल्पामा भएको टिप्पर दुर्घटनामा सहचालकको ज्यान गयो, ४ घाइते

पाल्पा, जेठ ३०
पाल्पामा भएको टिप्पर दुर्घटनामा सहचालकको ज्यान गएको छ । दुर्घटनामा घाइते चार मध्ये २ जनाको अवस्था गंभिर छ । दुर्घटनामा प्रदेश ३—००१ क ०२५० नम्बरको टिप्परका सहचालक रुरु गाउँपालिका २ गुल्मीका ४५ वर्षिय टंक बहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गंभिर घाईते कुँवरको उपचारका लागी अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको हो । तानसेन रिडी तम्घास सडकखण्डको रिब्दीकोट गाउँपालिका २ लघुवा नजिकै बुटवलदेखि गुल्मीका लागि छुटेको बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३—००१ क ०२५० नम्बरको टिप्परलाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा घाइते गुल्मीको रुरु गाउँपालिका २ की ४२ वर्षिया रमा कुवंर, ललितपुर घिर बताउने अन्दाजी २६ वर्षिय राजेन्द्र बजगाईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते गुल्मीको रुरु गाउँपालिका २ घर भई प्रदेश ३—००१ क ०२५० नम्बरको टिप्पर चालकक ३८ वर्षिय टिप्पर चालक अशोक कुवँर र नवरपरासीको सुनवल नगरपालिका ९ घर भई बा ४ ख ७३२० नम्बरको टिप्परका सहचालक २२ वर्षिय किसन कुवंरको अवस्था मध्यम छ । घाइते चार जनाकै तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनामा परेको दुबै टिप्पर सडकदेखि झण्डै २२० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *