पाल्पा, जेठ २३
पाल्पामा जारी निशेधाज्ञा जेठ ३१ गते सम्म लम्बिएको छ । आइतबार बिहान सम्पन्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जारी लकडाउन आगामि जेठ ३१ गते राती १२ सम्मका लागी कायम गर्ने निर्णय गरेको हो । बैठकले यस अघि बन्द गरिएका विकास बैंक तथा वाणिज्य बैँकहरू भने बिहान ७ देखि १० सम्म खुलाउने निर्णय गरेको छ । तर बित्तिय संस्था, लघुबित्त ,सहकारी, बिमा कार्यालयबाट प्रदान गरिने सवै सेवाहरुमा रोक लगाइएको छ ।
बैठकले यस अघि विहान ७ देखि ९ बजे सम्म संचालन गरिएको अत्यावश्यक खाद्धान्न लगाएत तरकारी, दुधडेरी ,माछा मासु लगाएतका पसलहरुलाई समय बढाएर बिहान ७ देखि १० बजे सम्म संचालन गर्ने निर्णय गरेको छ । यस्तै कोभिड विरुद्धको खोप लगाउने कार्यलाई ब्यवस्थित गर्दे पालिकाभित्र सबै वडामा त्यसको व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।