स्वीकृत नलिइ बेच्न राखिएका सानीटाईजर प्रशासनले बरामद गर्यो

पाल्पा, जेठ २२
जिल्ला प्रशासन कार्यालय, पाल्पाले औषधी ब्यवस्था विभाग बाट स्वीकृत प्राप्त नभई बिक्रिका लागि राखिएका ह्याण्ड सानीटाईजर जफत गरेको छ । सदरमुकाम तानसेनमा रहेका औषधी पसल तथा स्टोरमा आकस्मिक अनुगमन गर्दा अनुमति बिनाका ७५ लिटर बढी ह्याण्ड सेनीटाइजर बरामद गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्वीकृत नलिएका ह्याण्ड सानीटाईजर गुणस्तरहिन र हानिकारक हुन सक्ने भएकाले जफत गरिएको प्रशासनको भनाई छ । औषधी ब्यवस्था विभागले स्वीकृत दिएका ६१ वटा बाहेक अन्य कम्पनीका समेत सेनीटाईजर बिक्रिका लागी राखिएको पाइएकाल विभाग बाट स्वीकृत भएक सेनीटाईजर मात्रै बिक्रि सचेत गराएको र आम उपभोतmालाई पनि स्वीकृत प्राप्त सेनीर्टाजर मात्रै प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *