कोरोना सङ्क्रमणको संख्यामात्रै घटेको हो, जोखिम घटेको छैन सावधानी जरुरी छ

काठमाण्डौं, जेठ १८
पछिल्लो समय कोरोना सङ्क्रमणको संख्यामात्रै घटेको तर जोखिम नघटेको भन्दै सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । गएको एक हप्तायता कोरोना सङ्क्रमितको संख्या घट्दैको र निको हुनेको संख्या बढ्दै जान थालेको छ । यही जेठ ११ गतेसम्म आठ हजारको हाराहारीमा सङ्क्रमित देखिने गरेकोमा त्यो संख्या घटेर अहिले झण्डै चार हजारमा झरेको छ । जेठ पहिलो हप्ता ३९ प्रतिशतमा सङ्क्रमण देखिएकोमा दोस्रो हप्ता घटेर ३७ प्रतिशतमा पुगेको थियो । पछिल्ला तीन दिनको औसत दर ३० प्रतिशत छ ।

सोमबार अझै घटेर २७ दशमलव २२ प्रतिशतमा सङ्क्रमण देखिएको छ । एक हप्तायता मृत्युदरमा पनि कमी आएको छ ।
सङ्क्रमण घटे पनि ढुक्क हुने अवस्था नरहेको भन्दै विज्ञहरुले अझै सचेत रहन आग्रह गरेका हुन् । अहिले सहरको तुलनामा गाउँमा सङ्क्रमण बढ्न थालेको छ । गाउँघरमा स्वास्थ्य मापदण्डको पालना कम भएकाले सङ्क्रमण बढेको भन्दै विशेष ध्यान दिन डाक्टरको सुझाव छ । कोरोना उपचारमा संलग्न डाक्टरले घरधन्दा र खेतीपातीको काम गर्दा समेत मास्क लगाउन तथा भौतिक दूरीको ख्याल गर्न आग्रह गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *