आफै आइसोलेशन संचालन गर्नु भन्दा जिल्लाका अस्पतासंग मिलेर अघि बढ्न तयार छौ ः तानसेन नगर सरकार

पाल्पा, जेठ ८
तानसेन नगरपालिकाले आफै आइसोलेशन सेन्टर संचालन गर्नुभन्दा जिल्लाका अस्पतालहरु संग सहकार्य गर्न तयार रहेपनि बिभिन्न समस्या आएको जनाएको छ । नगरपालिकाले आइसोलेशन सेन्टर संचालन गर्दा डाक्टरको अभाव भएको तर जिल्ला अस्पतालमा रहेका आधा दर्जन डाक्टर र स्वास्थ्य कर्मी संग मिलेर काम गर्न खोज्दा समस्या भएको नगरप्रमुख अशोक कुमार शाहीले गुनासो गर्नुभयो । जिल्ला अस्पतालको संचालक समिति संगको छलफल पछि अस्पताललाई बेड लगाएतका सामाग्री सहयोग गरेपनि कर्मचारी बिचको तालमेल मिल्न नसक्दा सहयोग सामाग्रीनै फिर्ता ल्याउनुपर्ने अवस्था आएको नगरप्रमुख शाहीले बताउनुभयो । कोरोना कहरमा नगरसरकारले गरेका कामकारवाहीका बारेमा पाल्पाली पत्रकारहरु संगको छलफलमा नगरप्रमुख शाहीले बाध्यता भएरै नगरपालिकाले त्रिभुवन बहुमुखि क्याम्पसमा आइसोलेशन सेन्टर संचालनमा ल्याउनुपरेको बताउनुभयो । तत्काल जिल्ला अस्पताल संचालन समिति संग बसेर समस्या समाधानका लागी पहल गर्ने नगरपालिकाले जनाएको छ ।

५० बेडको आइसोलेशन संचालन गर्ने योजना रहेपनि एक जना निजि डाक्टर र केही स्वास्थ्यकर्मीको सहयोगमा २२ बेडको आइसोलेशन सेन्टर संचालनमा आएको नगरपालिकाले जनाएको छ । आफूहरु संग एक जना निजि डाक्टरको सहयोग रहेको तर सरकारको नियमानुसार १४ दिन पछि उहाँपनि क्वारेनटाईनमा बस्नुपर्ने भएकाले डाक्टर बिनाको अरु स्वास्थ्यकर्मीले संक्रमितलाई थप समस्या भए उपचारमा समस्या आउने नगर प्रमुख शाहीको चिन्ता छ । अस्पतालमा अन्य बिशेषज्ञ डाक्टर समेत रहने भएकाले स्थानीय सरकारहरुले जिल्लामा रहेका अन्य निजि अस्पतालहरु संग मिलेर पनि काम गरे धेरै राम्रो हुने आफुहरुको अनुभव रहेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेको भनाई छ । गाउँगाउँमा समेत बिभिन्न लक्षण सहितका बिरामी थपिने क्रम बढ्दै गएको भन्दै नगरपालिकाका उपमेयर लक्ष्मी पाठकले टोल टोलमै पुगेर स्वास्थ्य परिक्षण गर्ने आफूहरुको योजना रहेको जानकारी दिनुभयो ।

स्थानीय सरकारले निर्माण गरेका आइसोलेशन सेन्टर होल्डिङ सेन्टरको रुपमा रहेको भन्दै उपमेयर पाठकले जिल्लामा रहेका जुन सुकै अस्पतालमा भएपछि बिरामीले उपचार पाउने ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । नगरसरकारले संचालमा ल्याएको आइशोलेशनमा बेड तथा स्वास्थ्य कर्मी थप गर्ने , अक्सिजन आपूर्तिको ब्यवस्था गर्ने र दिर्घ रोगी तथा गर्भवती महिलाहरुलाई घरमै पुगेर तत्काल स्वास्थ्य सेवा दिने नगरप्रमुख शाहीले बताउनुभयो । कोरोना संक्रमित र ज्यान गुमाएकाका लागि निशुल्क यातायातको सेवा प्रदान गरेको भन्दै नगरसरकारले अस्थाई आइसोलेशनलाई स्थायी रुपमा संचालन गरेर भबिश्यमा हुने यस्ता बिपदमा टेवा पु्याउने योजना रहेको जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *