पाल्पामा २७ सय बढीले कोरोना जिते

पाल्पा, जेठ ४ गते
पाल्पामा २७ सय बढीले कोरोना जितेका छन् । २ हजार ७ सय ७ जनाले कोरोना भाइरसलाई जितेर निको भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । सोमवार मात्रै पनि थप एक सय चालिस जनाले कोरोना जितेका छन् । ४ हजार ३ सय ३९ संक्रमित रहेका पाल्पामा २ हजार ७ सय ७ जना निको भएका हुन् । सक्रिय संक्रमितमध्ये १ हजार ४ सय ९१ जना घरमै र ७४ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बाट पाल्पामा ६७ जनाको ज्यान गएको छ । दिनदिनै संक्रमणको दर बढ्दै गएपछि पाल्पामा जेठ १५ सम्मका लागि निशेधाज्ञा जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *