१ सय २ सिलिन्डर संकलन गरि अस्पताल र आइसोलेसन सेन्टरलाई प्रदान

पाल्पा, बैशाख ३०
जिल्ला प्रशासन कार्यालय, पाल्पाले विभिन्न स्थानका १ सय २ सिलिन्डर संकलन गरि अस्पताल र आइसोलेसन सेन्टरलाई प्रदान गरेको छ । जिल्लाका वर्कसप र सिमेन्ट उद्योगहरूबाट अक्सिजन सिलिन्डर संकलन गरिएको हो । तानसेन क्षेत्रका वर्कसप संगै सिजी सिमेन्ट उद्योग र होङ्सी सिमेन्ट उद्योगबाट संकलन भएका सिलिन्डर पाल्पा अस्पताललाई ३७ वटा, मिसन अस्पताललाई २०, लुम्बिनी मेडिकल कलेजलाई ३० र तानसेन नगरपालिकाको आइसोलेसन सेन्टरलाई २५ वटा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

तानसेन स्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा आन्तरिक प्रयोजनका लागि अक्सिजन प्लान्ट छ । मिसन अस्पतालले २० र लुम्बिनी मेडिकल कलेजले ४० जना कोरोना संक्रमित बिरामीलाई मात्र धान्न सक्ने क्षमता भएको जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाल्पामा १२ सय ५६ जना सक्रिय संक्रमित रहेकोमा ५० जनाको अस्पतालमा उपचार भैरहेको छ । १२ सय ६ जना होमआइसोलेशनमै रहेको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ । पाल्पामा कोरोना संक्रमण बाट ५४ जनाले ज्यान गुमाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *