पाल्पा, बैशाख १९
पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।२ जना घाईते भएका छन् ।तिनाउँ गाउँपालिका १ कचलका कर्ण बहादुर उचाईको घरमा गएराती परेको चत्याङ्बाट स्थानीय १६ वर्षिय प्रेम बहादुर बगालेको ज्यान गएको हो ।चत्याङ्पछि घाइते भएका बगालेलाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज, प्रभास ल्याएपनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार चत्याङ्बाट १५ वर्षिया ईन्दिरा उचाई र रैनादेबी छहरा ४ घर भई तिनाउँ १ बस्ने १९ बर्षिय रामु गाहा घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।