कोरोना संक्रमणको जोखिमले यस वर्ष श्री ७ बटुक भैरबको रथ मन्दिर परिसरमा मात्रै

पाल्पा, बैशाख १
कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष तानसेन ६ अमरगञ्जमा रहेको श्री ७ बटुक भैरबको रथ, मन्दिर परिसरमा मात्रै घुमाइँदै छ । मंगलबार रातभरी जाग्राम र भजनकृतन सम्पन्न भएको र आज (बुधबार ) बिहान १० बजे मन्दिर परिषरमा मात्रै रथको परिक्रमा गराईने गुठि सदस्य प्रकाशनाथ गंगोलले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको जोखिम भएकाले बटुक भैरबको रथलाई मन्दिर परिषरमा मात्रै घुमाइने जनाउँदै दर्शालु भत्तजनहरुले पनि सजकता अपनाएर भैरब मन्दिर र रथको दर्शन गरिदिनुहुन समितिले आग्रह गरेको छ । अनिवार्य मास्क लगाउन र भौतिक दुरी कायम गरि भैरबको दर्शन गर्न आग्रह गरेको गुठि सदस्य गंगोलले जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *