जिवित प्रमाण पेश गर्न भारतीय पेन्सनरहरु पोखरा जानुपर्ने

पाल्पा, चैत्र ३१
कोरोना संक्रमणको जोखिमले गर्दा भारतीय पेन्सनरहरु जिबित प्रमाणको फारम भर्न पोखरा जानु पर्ने भएको छ । यस अघि पाल्पाको चिलाङ्दीमा हुने भनिएको कार्यक्रम पटक पटक सुचना गरेर स्थगित भएको थियो । अव सबै भारतीय पेन्सनरहरु आगामी ३० अप्रिल अर्थात बैशाख १७ गते सम्म अनिवार्य रुपमा भारतीय पेन्सन क्याम्प पोखरा गएर फारम भर्नुपर्ने जिल्ला सैनिक बोर्ड पाल्पाका प्रमुख डिएसपि जुद्ध बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

भारत सरकारबाट पेन्सन लिनेहरुले हरेक बर्ष अनिवार्य रुपमा आफू जिवित रहेको प्रमाण पेश गर्न जिवित प्रमाणको फारम भर्नुपर्छ । यस बर्ष कोरोना संक्रमणले गर्दा बिभिन्न जिल्लामा हुने कार्यक्रम स्थागित भएपछि सिधै पोखरा जानुपर्ने भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *