पाल्पाको बगनासकाली बन्यो, लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

पाल्पा, चैत्र १५
पाल्पाको बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका बनेको छ । शनिवार गाउँपालिकामा आयोजित विशेष सभामा बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका भएको घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पहिले बालमैत्री गाउपालिका बनेको बगनासकाली, नेपालका ७ सय ५३ वटा स्थानीय तहहरुमै १० औं र नेपालका गाउँपालिकाहरुमा तेस्रो बालमैत्री बनेको गाउँपालिकाले जनाएको छ । वालविवाहको न्यूनीकरण, वालश्रमको अन्त्य र बालअधिकारको सुनिश्चत भएपछी गाउँपालिकालाई वालमैत्री घोषणा गरिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७४।०७५ बाट सुरु भएको बालमैत्री कार्यक्रम ३ आर्थिक वर्षमा सम्पन्न भएको हो ।

बालमैत्री राष्ट्रिय रणनीति २०६८ अनुसार ३९ सूचक मध्ये १७ वटा सूचकहरुमा शतप्रतिशत र २२ वटा सूचकहरुमा ८० प्रतिशत नतिजा ल्याए बालमैत्री घोषणा गर्न सकिने प्रावधान छ । बगनासकाली गाउँपालिकाले २३ वटा सूचकहरुमा शत प्रतिशत र ९ वटा सूचकहरुमा ९० प्रतिशत नतिजा ल्याएर बालमैत्री घोषणा गरेको हो । बालमैत्री कार्यक्रमको लागि निरन्तरता र गुणस्तरको शुनिश्चितताको लागि विशेष गाउँसभाले ५ वर्षको प्रतिवद्धता समेत जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *