गर्मी शुरु भएपछि स्वास्थ्यमा समस्या हुने भन्दै विशेष ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह

काठमाण्डौं, चैत्र १,
गर्मी मौसम सुरु भएको छ । अव स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले बिशेष सावधानी अपनाउन स्वास्थ्य कर्मीले आग्रह गरेका छन् । गर्मीको समयमा खानपानबाट सर्ने सङ्क्रामक रोग देखिने हुँदा विशेष ख्याल गर्न सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले आग्रह गर्नुभएको छ । खानपान र जीवनशैलीमा ध्यान नदिए टाइफाइड, झाडापखाला, जन्डिस, मलेरिया, ज्वरोलगायत स्वास्थ्य समस्या देखिने डा. पुनको भनाइ छ । विभिन्न रोगको संक्रमण भएमा ज्वरो आउने, वाकवाक लाग्ने, पखाला लाग्ने, भोक नलाग्ने, शरीर बोझिलो र आलस्यमय हुने लक्षण देखिने गर्दछ । यस्ता समस्याबाट जोगिन बाहिर बनेको खाना नखाने, पानीलाई राम्ररी उमालेर खाने, शारीरिक व्यायाम गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । ज्वरो आएमा, लगातार खोकी लागेमा, छाती दुख्ने लगाएतका समस्या भए तुरुन्त स्वास्थ्य संस्थामा गएर परिक्षण गर्न समेत डाक्टरले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *