नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुग्यो

काठमाण्डौं, फागनु २०
सरकारले नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्यांक फेरि सच्याएको छ । शव व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांक सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । कोरोनाका कारण भएका मृत्युमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा समायोजन गर्दा ज्यान गुमाउनेको तथ्यांक बढेको पौडेलले बताउनुभयो । बिहिबार दुई सय ३३ जनाको तथ्यांक थपिएसँगै नेपालमा कोरोना बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *