पाल्पाको रामपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गयो

पाल्पा, फागुन १४
पाल्पाको रामपुरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा रामपुर ६ बिजयपुरका ३० वर्षिय सन्जु आले मगरको ज्यान गएको छ । खप्टारबाट बिजयपुर तर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडक देखि ७ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *