पाल्पा, फागनु २
आज प्रेम दिवस । प्रेमको प्रतिक पाल्पाको रानीघाट दरबारमा आइतबार बिहानै देखि प्रेम जोडीहरुको भिड लागेको छ । शनिबार बेलुकी देखि नै खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको संझनामा निर्माण गरेको रानीघाट दरबारमा जोडीहरु पुगेको स्थानीयले जनाएका छन् । रानीघाट दरबार पुगेर प्रेमको बाचा गरे पुरा हुने बिश्वासका साथ जोडीहरु पुग्ने गरेका हुन् । उत्तरबाहिनी कालीगण्डकी नदीको तिरबाटै जग उठाएर निर्माण गरिएको पाल्पाको रानीघाट दरबार हिन्दुधर्ममा समेत निकै महत्वपूर्ण मानिन्छ ।
भारतको ताजमहल संग तुलना गरिने रानीदरबारको रुपमा समेत परिचित रानीघाट दरबार सदरमुकाम तानसेन देखि १४ किलोमिटर उत्तर पश्चिममा रहेको छ । दरबार पुग्न अहिले मोटरबाटोको समेत सहज भएकाले पनि रानीदरबार पुग्नेको भिड बढ्दै गएको छ ।