पाल्पा, फागनु २
बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४४ औ स्मृति दिवस आईतवार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति प्रतिष्ठान र नेपाल मगर संघको आयोजनामा देश भरी विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर संघले जनाएको छ । जहानिया राणा शासन बिरुद्ध आन्दोलन चलाएका प्रथम शहिद लखन थापा मगरलाई राणाहरुले बि.सं १९३३ फागुन २ गते आजकै दिन गोर्खाको बुङकोटमा खिर्राको रुखमा झुण्ड्याएर मृत्यू डण्ड दिएका थिए ।
२०५६ साल फागनु १९ गते शहिद घोषणा गरेको नेपाल सरकारले लखन थापा मगरलाई बि.सं २०७३ असोज ३ गते शहिद लखनलाई प्रथम सहिद घोषणा गरेको थियो । १४४ औ लखन स्मृति दिवसका अवसरमा नेपाल मगर बिद्यार्थी संघ केन्द्रको आब्हानमा शनिबार बेलुकी देशैभरी दिपप्रज्वलन गरिएको छ ।