फागुन ३ गते प्रतिनिधिसभा विघटनको विरोधमा काग्रेसले प्रदर्शन गर्दे

पाल्पा, माघ ३०
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कमिटि पाल्पाको आयोजनामा शुक्रबार सम्पन्न पदाधिकारी, जिल्ला कमिटिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको हो । पार्टी सभापति बीरबहादुर रानाले फागुन ३ को प्रदर्शन व्यापक बनाउन सबैको सहयोग जरुरी रहेको बताउनुभयो । प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध विरोध प्रदर्शन व्यापक सहभागितामा सम्पन्न गर्ने रानाको भनाई छ । ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा क्षेत्रीय कमिटि, प्रदेशसभा, स्थानीय तह, वडा कमिटिबाट व्यापक सहभागीता हुने समेत सभापति रानाले जानकारी दिनुभयो । फागुन ३ गते टुँडिखेल लखन थापा पार्क नजिकै भेला भएर तानसेन बजार क्षेत्रमा गरिने प्रदर्शनलाई व्यापक र प्रभावकारी बनाउन काग्रेस, पाल्पाले अपिल गरेको छ ।

बैठकमा उपसभापति देवराज ढकाल, सचिव अजयमान कर्माचार्य, महासमिति सदस्य यमलाल तिमिल्सेना, क्षेत्रीय सभापति रामबहादुर कार्की, महिला संघकी अध्यक्ष गंगा पौडेल, तरुण दलका सभापति मेजरसिंह केसी, नेविसंघका सभापति सुरेश बोहोरा लगायतले प्रदर्शन भब्यरुपमा सफल बनाउँन सबैमा अपिल गरे । नेपाली कांग्रेस, पाल्पाका जिल्ला नेताहरु माधव नेपाल, पुरुषोत्तम अर्याल, महेन्द्र पाण्डेय, रामचन्द्र पाण्डेय, सुनिता अधिकारी, दलबहादुर राजपुत, नगर सभापति मधुदयाल सैंजु, महिला संघकी मीना पन्थी, राष्ट्रिय मगर संघका अध्यक्ष झमन राजमगर, लक्ष्मण बस्याल, भुतपुर्व सैनिक संघका विष्णु बहादुर गाहा लगायतले विरोध प्रदर्शनका लागि तानसेन क्षेत्रबाट धेरैभन्दा धेरै सहभागी गराउन आग्रह गरे । बैठक पार्टी सभापति बीरबहादुर रानाको अध्यक्षता र सचिव अजयमान कर्माचार्यको संचालनमा सम्पन्न भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *