ठिमुरेको बौद्धविहार र तानसेनको निशानघरलाई यूके बाट आर्थिक सहयोग

पाल्पा, माघ २९
पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले आर्थिक सहयोग प्रदान गरेको छ । घोर्लीखरकको रिब्डीकोट बौद्धबिहारमा एक कार्यक्रमको आयोजना गरि पाल्पा जिल्ला समाजका प्रतिनिधि इन्द्र बहादुर थापा मगरले बौद्धबिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई एक लाख एक हजार रुपियाँ प्रदान गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै बिहारका कोषाध्यक्ष मिना राना र बरिष्ठ सल्लाहकार गिर बहादुर थापाले अहिले सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभयो । सोही कार्यक्रममा रिब्डीकोट बौद्धबिहार निर्माण कार्य सम्पन्न गर्नका लागि बौघा गुम्बेली सेरोफेरो चेलिबेटी समाजले समेत आर्थिक सहयोग गरेको छ । चेलिबेटी समाजका प्रतिनिधि डिल बहादुर रानाले बिहार निर्माण समितिका संयोजक हुम बहादुर थापालाई १ लाख २२ हजार ६ सय ४० रुपिया प्रदान गर्नुभयो ।

सहयोग रकम ग्रहण गर्दे बिहार निर्माण समितिका अध्यक्ष हुम बहादुर थापा पचभैयाले सहयोग गर्ने सबैमा आभार ब्यक्त गर्नुभयो । अहिले सम्म निर्माणाधिन बिहारमा १५ लाख बढी खर्च भएको जानकारी दिदै बिहार निर्माण सम्पन्न गर्न २५ लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो ।

यसैबिच नेपाली सेनाले तानसेनको भगवतीटोलमा निर्माण गरिरहेको निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले एक लाख एक हजार आर्थिक सहयोग प्रदान गरेको छ । समाजका प्रतिनिधि ईन्द्र थापाले निसानघर निर्माण समितिका अध्यक्ष भीमसेन कार्कीलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बृहस्पति राना, डिल बहादुर राना, पत्रकार देब पचभैया, सुरज बिक लगाएतको सहभागीता रहेको थियो । यस अघि पनि पाल्पाका बिभिन्न स्थानमा बाढी पहिरोमा परि ज्यान गुमाएका परिवार र आफन्त संगै घरबार बिहिन भएकाहरुलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले ८ लाख बढी आर्थिक सहयोग गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *