नेपाली पत्रकारीतालाई पाल्पाले पाठ सिकाएको छ ः अध्यक्ष आचार्य
पाल्पा, माघ २९
नेपाल पत्रकार महासंघका संघिय अध्यक्ष गोबिन्द आचार्यले नेपाली पत्रकारीता क्षेत्रलाई पाल्पाले गतिलो पाठ सिकाएको बताउनुभएको छ । इमान, जमान र नैतिकताको पाठ सिक्न पत्रकार महासंघ पाल्पा शाखा जस्तो हुनुपर्छ भन्ने देशभरीनै चर्चा हुने गरेका अध्यक्ष आचार्यको भनाई छ ।
पत्रकार महासंघ पाल्पा शाखाको बुधबार तानसेनमा सम्पन्न १२ औ साधारण सभाको उद्घाटन गर्दे उहाँले स्वाभिमानी पत्रकारको शाख जोगाउन तल्लिन शाखा अध्यक्ष राजेश कुमार अर्याललाई समेत बधाई तथा धन्यवाद दिनुभयो । कोही संग तेल माग्दैन, केही माग्दैन, तल माथि गर्देन भन्ने सन्देश नेपाल भरी फैलिएको भन्दै अध्यक्ष आचार्यले पत्रकार महासंघको जिवनमा पाल्पा शाखाले रणनैतिक महत्व बोकेको बताउनुभयो । चितवनको राष्ट्रिय भेलामा पारित हुन नसकेको महासंघको बर्तमान बिधान पाल्पामा भएको जिल्ला अध्यक्षहरुको भेलाले पारित गरेको संझिदै उहाँले महासंघको केन्द्रिय नेतृत्व छान्न पार्सद नभई सबै साधारण सदस्यले भोट हालेर चुन्ने नियम बनाउने जिल्ला पनि पाल्पा भएको बताउनुभयो ।

पाल्पा शाखाले महासंघका केन्द्रिय कार्यक्रम सम्पन्न गर्न र सही पत्रकारीताको उदाहरण बन्न सकेकोमा केन्द्रिय समितिले उच्च मुल्याङ्कन गर्ने समेत अध्यक्ष आचार्यले प्रतिबद्धता जनाउनुभयो । प्रेस स्वतन्त्रता लोकतन्त्रमा मात्रै हुने उहाँको भनाई छ । संघिय लोकतान्त्रिक ब्यवस्था कायम गर्न पत्रकारहरु सडकमा उत्रिनुपरेको संझिदै अध्यक्ष आचार्यले राजनैतिक दलहरु आफू नमिलेर लोकतन्त्र धरापमा पार्न नमिल्ने जिकिर गर्नुभयो । पत्रकार समेतको सहभागीतामा आएको संघिय लोकतान्त्रिक गणतन्त्र धरापमा परे प्रेस स्वतन्त्रता समेत गुम्ने खतरा औल्याउँदै उहाँले ५ बर्ष सरकार चलाउन जनताले म्यान्डेड दिँदा आफै झगडा गर्ने अनि त्यो नगर भनेर पत्रकारले भन्दा नबोल भन्नु लोकतन्त्रकै उपहास भएको बताउनुभयो । आफ्नो कार्यकाल आन्दोलनमै बितेको भन्दै अध्यक्ष आचार्यको भनाई छ । मिडिया काउन्सिल बिधियक र मुलुकी संहिता जस्ता पत्रकारलाई अंकुश लगाउने सरकारको कुचेस्तालाई सडकमै उत्रिएर फिर्ता पठाउन सफल भएको भन्दै समानुपातिक बिज्ञापन प्रणाली लागु गर्न महासंघ निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष आचार्यले पाल्पा सञ्चार डायरेक्टरी समेत विमोचन गर्नुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरिले साविकको लुम्बिनी अंचलमै पाल्पा जिल्ला उदाहरणीय जिल्ला रहेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ, पाल्पाका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्तत्रा सेनान मेघराज शर्माले पत्रकारका सेवा सुविधाका र संचारगृहका विषयमा गंभिर बन्न केन्द्रिय अध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।
साधारण सभामा १८ पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले १२ औं साधारण सभाका अवसरमा पाल्पाका १८ जना पत्रकार पुरस्कृत भएका छन् । तानसेन नगरपालिकाको सहयोगमा स्थापना भएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया र रेडियो रामपुरका बासुदेव ढकाल पुरस्कृत हुनुभयो । १५ हजार, ताम्रपत्र र दोसल्लाले पचभैया र ढकाल पुरस्कृत हुनुभएको हो । यस्तै साविक जिल्ला विकास समितिको सहयोगमा स्थापना भएको सिर्जनशील पत्रकारिता पुरस्कारबाट सनराइज टेलिभिजनका प्रबन्धक सन्तोष बस्याल , रेडियो रामपुरकी रमादेवी अर्याल, रेडियो मुक्तिनाथका स्टेशन प्रबन्धक भुवन रायमाझी र रेडियो मदनपोखराका समाचार बाचक विजय बौडेल नगद ७ हजार ५ सय र प्रमाणपत्रले सम्मानित हुनुभएको हो । रेडियो रामपुरकी बन्दना पोखरेल र रेडियो पाल्पाका इमानसिंह रानालाई ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रामपुर नगरपालिकाको सहयोगमा स्थापना भएको सो पुरस्कारको राशी १० हजार नगद र प्रमाणपत्र रहेको छ । यस्तै मानव अधिकार पत्रकारिता पुरस्कारबाट रेडियो मदनपोखराका बीरेन्द्र घिमिरे, बुद्धीप्रसाद शर्माको सहयोगमा स्थापना भएको देवीभक्त चोलकुमारी सामाजिक पत्रकारिता पुरस्कारबाट अनिल लिगल पुरस्कृत हुनुभयो ।
सामाजिक जागरण पत्रकारिता पुरस्कार बाट गाउँले देउराली साप्ताहिकका तुलबहादुर थापालाई पुरस्कृत गरिएको छ । लेखनवृत्ति प्रोत्साहन पुरस्कार पत्रकारहरु यज्ञमूर्ति तिमिल्सेना, मुक्तिप्रसाद न्यौपाने, डोलबहादुर विक, दीपक भट्टराई, दयाराज न्यौपाने, विष्णुप्रसाद घिमिरे र भोजराज तिमिल्सेनालाई प्रदान गरिएको छ । साधारणसभाको सफलता र पुरस्कृत सबैलाई बधाई दिदै प्रदेशसभा सदस्य नारायण आचार्य, तानसेन नगर प्रमुख अशोक कुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि, नेपाली काँग्रेस पाल्पाका सचिब अजय कर्मचार्य, राप्रपाका नेता रेवन्त बहादुर बिष्ट, जनमोर्चाकी नरमति सिंजाली, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पुरस्कारदाताका तर्फबाट बुद्धिप्रसाद शर्मा, प्याब्सन पाल्पाका अध्यक्ष भरत न्यौपाने, पाल्पा ब्यापार संघका अध्यक्ष चिरन्जिवी पोखरेल, पाल्पा उद्योग बाणिज्य संघ उपाध्यक्ष यादब सिंग कार्की लगाएतले बोल्नुभएको थियो । शाखा सभापति राजेश कुमार अर्यालको अध्यक्षता सचिव किरण कौशलको संचालन र उपाध्यक्ष भरत शर्माको स्वागतमा कार्यक्रम भएको हो ।