पाल्पा, माघ २८
पाल्पाको तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका २६७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दे स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य कर्मी द्धारा स्वास्थ्य परिक्षण र औषधि सहित कपडा, पौष्टिक खाना प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो । नगरप्रमुख शाहीका अनुसार उनीहरूलाई ब्ल्याङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, र झोला प्रदान गरिएको छ । जेष्ठ नागरिकको जीवनवाट भावीपुस्ताका लागि ठुलो सिकाई मिल्ने भन्दै उनीहरुलाई मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।
तानसेन नगर समितिका सदस्य गुराँस आत्रेयका अनुसार स्वाथ्यकर्मीहरुले वृद्धवृद्धाहरुको सुगर, प्रेसर परिक्षण गर्दै आवश्यकताअनुसार औषधि प्रदान गरिएको छ । वडा कार्यालयमा पुगेर सम्मान तथा स्वास्थ्य परिक्षण गरिएको र वडासम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर परीक्षण सम्मान र औषधी प्रदान गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।