बुधबार हुँदैछ, पत्रकार महासंघ पाल्पाको १२ औं साधारण सभा

पाल्पा, माघ २७
नेपाल पत्रकार महासंघ पाल्पा शाखाको १२ औं साधारण सभा बुधबार हुदैछ । तानसेनको होटल पौवामा हुने साधारण सभालाई सम्बोधन गर्न महासंघका संघिय अध्यक्ष गोबिन्द आचार्य लगाएतको समुह पाल्पा आउँदैछन् । साधारण सभाको तयारी पुरा भएको पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले जानकारी दिनुभयो । साधारण सभाको अवसरमा महासंघ जिल्ला शाखाका आवद्ध बिभिन्न पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गरिने छ । साधारण सभाले नयाँ नेतृत्व समेत निर्वाचित गर्ने हुनाले अहिलेको साधारण सभालाई धेरैले चासोका रुपमा हेरेका छन् ।

बर्तमान अध्यक्ष राजेश अर्यालले दुई कार्यकाल महासंघको नेतृत्व गर्नुभएको छ । महासंघको बिधानले दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने भएपछि अवको नेतृत्व को ? भन्ने बारेमा धेरैलाई चासो बढेको हो । पत्रकार महासंघ, पाल्पामा यस अघि भगवान भण्डारी, झपेन्द्र गहिरे, गोबिन्द भटराई र संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार मेघराज शर्माले नेतृत्व गरिसक्नुभएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *