कोरोना विरुद्धको खोप आजदेखि दोस्रो चरणमा शुरु

काठमाण्डौं, माघ २६
आज वाट कोरोना विरुद्धको दोस्रो चरणको खोप शुरु भएको छ । सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ । अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएपछि माघ १४ गतेदेखि खोप अभियान शुरु भएको थियो । पहिलो चरणमा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिवार सम्पन्न भएको जनाइएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ । आजदेखि सुरु खोपमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंकहरू, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरेर खोप लगाइने छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *