विहिबार आम हड्ताल गर्ने प्रचण्ड माधव समूहको घोषणा

काठमाण्डौं, माघ २१
विहिबार आम हड्ताल हुने भएको छ । नेकपा प्रचण्ड माधव समूहले भोलि बिहीबार आम हड्तालको घोषणा गरेका हुन् । बुधबार मात्रै संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको लगाएतका कारण देखाउँदै प्रचण्ड माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमलाई उछिन्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
बुधबार आकश्मिक पत्रकार सम्मेलनको आयोजना गरि संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले भोलि आम हड्ताल आयोजना गरिएकाले सहयोग गर्न सबै संग आग्रह समेत गर्नुभयो । परिक्षा दिइरहेका बिद्यार्थीहरुले भने प्रबेश पत्र लिएर आफ्नै सवारीमा यात्रा गर्न सक्ने पार्टी प्रवतmा नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *