तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन

पाल्पा, माघ १९
पाल्पाको तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन छ । शाक्यको उपचारका क्रममा सोमबार दिउँसो बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो । केही समय अघि देखि शाक्यको मृगौला सम्बन्धी समस्या भएर उपचार भैरहेको थियो । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित ६० वर्षीय शाक्यको मंगलबार बौद्धपरम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । २०१७ माघ २३ गते जन्मिएका शाक्यको १ छोरा र १ छोरी हुनुहुन्छ । मंगलबार बिहान तानसेन नगरपालिकामा श्रद्दाञ्जली सभाको कार्यक्रम राखिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *