सिर्जनशील अपाङ्ग स्वाभलम्बन केन्द्रको अध्यक्षमा भटराई सर्वसम्मत

पाल्पा, माघ १८
सिर्जनशीलअपाङ्ग स्वाभलम्बन केन्द्रको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । १० वर्षदेखि संचालनमा रहेको केन्द्रले फरक क्षमता भएकाहरुलाई रोजगारी प्रदानगर्नुका साथै पढाइ र आवासको समेत सुविधा प्रदानगर्दै आएको छ । संस्थाको आठौं वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले पूनः सन्दीप भट्टराईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । साधारण सभा उद्घाटनगर्दै लुम्बिनीप्रदेश सभा सदस्य नारायण आचार्यले अपाङगता भएकै कारण कोहीपनि व्यक्तिलाई विभेद गर्न नहुने बताउनुभयो । उहाले केन्द्रले उद्यमशीलकार्य गराउनेतर्फ फरक क्षमता भएका व्यक्तिलाइ शिक्षा र स्वरोजगार गराएकोमा स्थानीय सरकारको पनि सहयोग हुनुपर्ने बताउनुभयो ।

सिर्जनशील केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले अपाङ्गगता भएका व्यक्तिहरुलाई उद्यमीबनाएर र अरुको सहयोगबाट खर्च चलाउँदै आएको बताउनुभयो । संस्थाको छात्राबासमा पूर्ण दृष्टिविहिन, अल्पदृटिविहिन, शारिरिक, स्वोर बोलाई सम्बन्धी समस्या भएका व्यक्तिहरू बसोबास गर्दछन् । उनीहरूले अगरबत्ति, फिनेल, अम्रिसोको कुचो, चियापत्तिप्याकेजिङ्ग, ट्वाईलेट क्लिनर, कुलिन, झोला, सेनेटरि प्याड, माक्स बनाई बिक्रिगर्दै आएको भट्टराइले बताउनुभयो । अपाङ्गता भएकाव्यक्तिहरु शारिरिक तथा मानसिक रुपमा संगठित भएर योजनावद्धकार्य गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिनुभएको थियो । संस्थाको अधिवेशनले उपाध्यक्षमा प्रेम बहादुर राना, सचिवमा सम्राट केसी, सहसचिवमा निर्मलापाण्डे, कोषाध्यक्षमा राधिका पोखरेल र सदस्यहरुमा सुन्दरी गौतम, शिवबहादुर पौडेल, लिलबहादुर ताम्राकार, जगत बदादुर बगाले लाई चयन गरेको संस्थाका प्रमुख सल्लाहकार राधेश्यामज्ञवालीले बताउनुभयो । संस्थाकी कोषाध्यक्ष राधिकापोखरेलले केन्द्रले गतआर्थिक वर्ष २०७६÷७७मा ४३ लाख ८७हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । संस्थाले ४ लाख १६ हजार बराबरको खर्च प्रतिवेदन पेश गर्नुभयो । कार्यक्रममा संस्थाका सचिव सम्राट केसीले संस्थाले गतवर्ष सञ्चालन गरेका क्रियाकलापहरूको प्रतिवेदन पेश गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *