पत्रकारीता क्षेत्रको बिकासका लागी गाउँसरकार सधै तयार छ ः अध्यक्ष बस्याल

पाल्पा, माघ १६
पाल्पाको बगनाँसकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले समग्र पत्रकारीता क्षेत्रका बिकासका लागी गाउँसरकार सधै तयार रहेको बताउनुभएको छ । बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दे अध्यक्ष बस्यालले गाउँपालिका भित्रका राम्रा मात्रै नभई सच्याउनुपर्नेकुराहरुमा समेत कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदिले आवाज बिहिनहरुको आवाज उठाउन पत्रकार र संचार जगत सक्रिय रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पा शाखाका पूर्ब अध्यक्षहरु गोबिन्द भट्राई र झपेन्द्र गहिरेले पेशागत आचार , मर्यादित र आचार संहितामा बाधिएर पत्रकारीता गर्नुपर्नेमा जोड दिनुभयो । ब्यवशायीक पत्रकारीतामा जोड दिदै भट्राई र गहिरेले समयानुसार प्रविधिमा आएको परिवर्तन संगै समग्र संचार क्षेत्रमा पनि चुनौती र अवसर सिर्जना भएको बताउनुभयो । पत्रकारहरु कमल तिमिल्सिना, देब पचभैया, बिष्णु घिमिरे, गाउँपालिकाका प्रबत्ता लक्ष्मी अधिकारी लगाएतले कार्यक्रम सफलताको कामना गरेका थिए ।

पत्रकार समुहको अध्यक्षमा दिपक ढुङ्गाना
बगनासकाली पत्रकार समुहको अध्यक्षमा दिपक ढुंगाना निर्वाचित हुनुभएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको प्रथम साधारण सभा तथा अधिबेशनले ढुंगानाको अध्यक्षतामा भोजराज तिमिल्सिना उपाध्यक्ष, बिष्णु घिमिरे सचिब, नेत्र प्रसाद गैरे सहसचिव र कमल अधिकारीलाई कोषाध्यक्ष पदमा सर्वसम्म निर्वाचित गरेको हो ।

अधिबेशनले गिता रेश्मी, सुमन गैरे, रन बहादुर कुमाल, दयाराज न्यौपाने, किरण रसाइली र तुल बहादुर गाहालाई सदस्यमा निर्वाचित गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समुहका सल्लाहकार तथा निर्वाचन मण्डलका गोबिन्द भट्राई, झपेन्द्र गहिरे, कमल तिमिल्सिना र देब पचभैयाले बधाई दिदै सफल कार्याकालका लागी शुभकामना दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *