आज शहीद दिवस, सहिदको सम्झनामा विविध कार्यक्रम हुँदै

काठमाण्डौं, माघ १६
आज माघ १६ अर्थात शहीद दिवस । नेपालमा प्रजातन्त्र स्थापना एवं विभिन्न स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । माघ १० देखि १६ सम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिएको हो । निरङ्कसतनका अन्त्य र स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा तत्कालिन राणा शासकले मुत्युदण्ड दिएका थिए ।

माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । निरङ्कुसताको अन्त्य र जनतालाई अधिकार सम्पन्न गराउने आन्दोलनको नेतृत्व गरेका गोर्खाका सहिद लखन थापालाई सरकारले नेपालका प्रथम सहिदको रुपमा घोषणा गरिसकेको छ । तर शहीदका नाउँमा राखिने तस्बिरमा ४ जना सहिदको मात्रै फोटो झुण्ड्याउने चलन रहेको भन्दै प्रथम सहिद लखन थापा मगरको तस्बिर समेत चार सहिदको फोटोमा थप्नुपर्ने बिभिन्न पक्षबाट आवाज उठेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *