पाल्पामा पहिलो दिन ५० जनाले लगाए कोरोना विरुद्धको खोप

पाल्पा, माघ १५
पाल्पामा पहिलो दिन बिहिबार ५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास र युनाईटेड मिशन अस्पताल तानसेनमा गरि ५० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय, पाल्पाका प्रमुख बिश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।

अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगाएतले बिहिबार पहिलो दिन खोप लगाएको प्रमुख न्यौपानेको भनाई छ । शुक्रबार देखि पाल्पाको रामपुरमा समेत खोप लगाउने तयारी भएको जानकारी दिदै स्वास्थ्य कार्यालय, पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले पाल्पा जिल्लाका लागि २४ सय जनालाई पुग्ने गरि खोप प्राप्त भएको बताउनुभयो ।

शुक्रबार देखि प्रत्यक्ष जनसम्पर्कमा आउनेहरुलाई खोप प्रदान गर्दे जाने स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला अस्पतालमा भएको खोप कार्यक्रममा शुरुमा खोप लगाउनुभएका अस्पतालका निमित्त सुपरिटेन्डेन डाक्टर जगदिश कुँवरले खोप लगाएपछि आफूलाई कुनै पनि समस्या नभएको बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *