वगनासकालीमा २ सय रोपनी जग्गामा कुरीलो र खुर्सानी खेती गरिने

विष्णु घिमिरे पाल्पा
वगनासकाली गाउपालिकामा चक्लावन्दी खेती कार्यक्रम सुरु भएको छ । गाउपालिकाको वडा नं. ८ बराङ्दी ढावखोलामा २ सय रोपनी जग्गामा चक्लावन्दी खेती कार्यक्रम सुरु गरिएको हो । वगनासकाली वहुउद्देश्यिय सहकारी संस्थाको आयोजना, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोग र वगनासकाली गाउपालिकाको समन्वयमा चक्लाबन्दी कार्यक्रम सुरु भएको सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । बराङ्दीका ३६ जना कृषकहरुको २ सय रोपनी जग्गामा १ सय रोपनीमा कुरीलो खेती र १ सय रोपनीमा अकवरे खुर्सानी खेती सुरु गरिने सहकारीले जनाएको छ । चक्लाबन्दी कार्यक्रमको सुरु गर्दै वगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउपालिकाले कृषि र पशुपालनका क्षेत्रमा सहयोग गर्दै आएको बताउदै चक्लावन्दी कार्यक्रमले वगनासकालीको कृषिमा टेवा पुग्ने बताउनुभयो । वादर नियन्त्रण गर्ने प्रयास सफल नभएको बताउदै अध्यक्ष बस्यालले कुरीलो र खुर्सानी वाँदरले अहिलेसम्म नखाने भएका कारण यो क्षत्रमा वाँदर नियन्त्रण गर्ने उपाय पनि बन्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष गणेश बस्यालले वाँदरबाट मुक्ति पाउन वाँदरले नखाने र नमास्ने खेती प्रणाली अपनाउनुपर्ने बाध्इता भएको बताउनुभयो । कार्यक्रममा समाजसेवी गणेश बस्यालले परम्परागत कृषिमा मात्र आश्रित भएका कारण आर्थिक फड्को मार्न नसकेको बताउदै, कृषकले कृषिमा मात्रै ध्यान दिएर कृषि गर्ने हो भने कृषि क्षेत्र फस्टाउने र आर्थिक सवल बन्न सकिने धारणा राख्नुभयो । कार्यक्रमको वारेमा जानकारी गराउदै प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना पाल्पाका प्रमुख दिपक भट्राईले कृषक र सहकारीको सहयोगमा कार्यक्रम संचालन हुने बताउनुभयो ।

करिव १५ लाखको लागतमा संचालन हुने चक्लाबन्दी कार्यक्रमले वगनासकाली कुरीलो र अकवरे खुर्सानीमा नाम मात्रै होइन राम्रो आम्दानी पनि भित्रिने बताउनुभयो । वगनासकाली वहुउद्देश्यिय सहकारी सस्थाका सचिव कमलराज तिमिल्सेनाको सचालनमा भएको कार्यक्रममा सस्थामा मोतिलाल बस्याल, जगन्नाथ बस्याल लगायतले कृषकहरुमा उर्जा थपेको कताउनुभयो । कार्यक्रमको अध्इक्षता वगनासकाली बहुउद्देश्यिय सहकारी सस्थाका अध्यक्ष कृष्ण भुसालले गर्नुभएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *