नेकपा विभाजन मान्य छैन ः निर्वाचन आयोग

काठमाण्डौं, माघ ११
निर्वाचन आयोगले नेकपा पार्टीको विभाजन मान्य नभएको ठहर गरेको छ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को दुवै समूहको गरेको माग दाबीलाई अस्वीकार गर्दे आयोगको बैठकले दुवै समूहको माग दाबी नपुगेको निष्कर्ष निकालेको हो । आयोगले नेकपाको प्रचण्ड , नेपाल र केपी ओली समूहले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ । नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभइ ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिह्न, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ । तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड ) नेकपाको नेतृत्वमा कायम रहेको जनाएको छ । आयोगको यो निर्णयसँगै नेकपा विभाजन पनि रोकिएको छ । गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपामा प्रचण्ड नेपाल र ओली गरि दुई समूह बनेको छ । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *