विप्लवको नेपाल बन्दले जनजिवन प्रभावित

पाल्पा, माघ १०
विप्लब समुहले आयोजना गरेको नेपाल बन्दले जनजिवन प्रभावित भएको छ । आफ्ना पार्टीका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’पक्राउ परेको विरोधमा विप्लव समुहले आज नेपाल बन्दको आह्वान गरेको जनाएको छ । बन्दले गर्दा पाल्पा बाट छुट्ने र बाहिर बाट पाल्पा आउने कुनै पनि सवारी नचलेको र बजार , होटल तथा पसलहरु समेत थप्प रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बन्दको प्रभाव देशै भर परेको छ ।

पार्टी सचिवालय सदस्य समेत रहेका धर्मेन्द्र बास्तोलालाई बार्ताका नाममा बोलाएर सरकारले गिरफ्तार गरेको हुँदा त्यसको विरोधमा शनिबार नेपाल बन्द आह्वान गरिएको विज्ञप्ति मार्फत जनाइएको छ । आफ्ना नेता बास्तोला पक्राउ परेको विरोधमा यसअघि पनि नै उक्त पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ले एक हप्ता अगाडि नै विज्ञप्ति मार्फत नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । बास्तोला पुस २९ गते पक्राउ पर्नु भएको थियो । त्यसको बिरोधमा विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *