पाल्पा, माघ ९
भिरमा बसेको राते ( जंगली जनावर मृग ) हान्न साथीलाई बन्दुक पुग्न दिने क्रममा पड्किएपछि पाल्पामा एक बालकको ज्यान गएको छ । ४ जना साथीहरु संगै सामुदायिक वनमा सिकार खेल्न गएको बेला आफैले उचालेको भरुवा बन्दुक पड्किदा रिब्दीकोट गाउँपालिका ८ का १३ वर्षिय लक्ष्मण छहारीको ज्यान गएको हो । सिकार गर्न स्थानिय दानसिङडाँडाको चिलाउने पानी शामुदायिक बनमा जाँदा उनीहरुले राते भेटेका थिए ।
राते लखेटेर भिरमा पुर्याएको र त्यसलाई हान्न साथीलाई बन्दुक दिने क्रममा एक्कासी पड्किदा छहारीको ज्यान गएको स्थानीयले बताएका छन् । सिकार गर्न जंगल गएका रैनादेवि छहरा गाउँपालिका ४ का १७ वर्षिय ज्ञान बहादुर गाहा, सोही स्थानका १४ वर्षिय कमल राना र रिब्दीकोटगाउँपालिका ८ का १३ वर्षिय देब बहादुर गाहालाई पक्राउ गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पाल्पामा अवैध रुपमा गाउँमा रहेका भरुवा बन्दुकबाट धेरैको ज्यान गएको छ ।