सर्लाहीमा बस दुर्घटना ः दुईको ज्यान गयो १७ जना घाईते

काठमाण्डौं, माघ ८
सर्लाहीमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ । १७ जना घाईते भएका छन् । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रुवाहक बस दुर्घटना हुँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार दाङबाट झापाको काँकडभिट्टाका लागि छुटेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजेको हाराहारीमा दुर्घटनामा परेको हो ।

ज्यान गुमाउने दुई जनै महिला भएको र उनीहरुको सनाखत हुन बाँकी छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मदन कुँवरले बताउनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *