काठमाण्डौं, माघ ८
टि.भि पत्रकार रवि लामिछानेले न्यूज २४ टेलिभिजन छोड्नु भएको छ । ‘सिधा कुरा जनतासँग मार्फत कार्यक्रमबाट चर्चित हुनुभएका लामिछोनेले फेसबुकमार्फत न्यूज २४ बाट विश्राम लिएको जानकारी दिनुभएको हो । प्रस्तोता लामिछाने छिट्टै प्रसारणमा आउन लागेको अर्को टेलिभिजनमार्फत अगाडि बढ्ने स्रोतले जनाएको छ । न्यूज २४ टेलिभिजनसँगको सुखद सहयात्राबाट विश्राम लिएको भन्दै उहाँले सबैलाई धन्यवाद पनि दिनुभएको छ । उहाँले फेसबुक बाटै न्यूज २४ टेलिभिजन परिवारप्रति आभार ब्यतm गर्नुभएको छ ।
स्रोतका अनुसार उहाँले आफ्नै लगानीमा नयाँ टेलिभिजन संचालन गर्देहुनुहुन्छ । गरिव दिनदुखि एवम् आवाज बिहिनहरुको टेलिभिजन कार्यक्रम मार्फत साहारा बन्नुभएको भन्दै लामिछानेलाई नेपाल भन्दा विदेशमा बस्ने नेपालीहरुको राम्रो बिश्वास रहेको पनि लामिछाने निकटका पत्रकारहरुले बताउँदै आएका छन् ।