काठमाण्डौं, माघ ८
मलेशियाका विभिन्न अस्पतालमा ३५ जना नेपालीको शव अलपत्र परेको छ । कोरोनाभाइरस महामारीले गर्दा नियमित उडान हुन नसक्दा मलेशियामा ज्यान गुमाएका कामदारका शवहरू नेपाल ल्याउन समस्या भएपछि अस्पतालमै अलपत्र भएको हो ।शवहरु नेपाल ल्याउन सरकार समक्ष आग्रह गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
बोर्डका अनुसार गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको छ । त्यसमध्ये एकजना महिला र अरू सबै पुरुष हुन् । गत वर्ष विभिन्न देशमा गरेर कुल ६५६ जना वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको निधन भएको थियो ।