भरूवा बन्दुकले पाल्पामा एक पुरुषको ज्यान गयो

पाल्पा, माघ ७,
पाल्पामा भरुवा बन्दुकको गोली लागेर एक पुरुषको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गैसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर जानकारी दिनुभयो ।

मृतक बीर बहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ । बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *