‘रोगै पिरतीको’ ले दर्शकको मन जित्यो

सन्तोष बस्याल
पाल्पा, माघ ७,
माया प्रेममा आधारित लोक गायक पुरुषोत्तम गैरे र प्रतिभाशाली गायिका पद्मा बस्यालको संयुक्त प्रस्तुती रहेको फरक स्वादको नया गित सार्वजनिक भएको छ । माया प्रेममा केन्द्रित ‘रोगै पिरतीको’ बोलको गीत डिजिटल बजार मार्फत रिलिज भएको छोटो समयमानै दर्शक तथा स्रोताको रोजाइमा परेको छ । बिमल पौडेलको शब्द, गाएक गैरेकै संगित, तथा कृष्ण बि.क.को संगित संयोजनमा तयार भएको यो गितलाई सुलभ म्युजिक मार्फत सार्वजनिक गरिएको हो । पछिल्लो समय नेपाली संगित बजारमा नयाँ शैली र फरक स्वादका गित संगितले बजार पाइरहेको बेला यस गितले पनी दर्शक तथा स्रोताको राम्रो प्रतिकृया पाइरहेको गायिक पदमा बस्यालले बताउनुभयो ।

सार्वजनिक भएको गीतको भिडियोमा अर्जुन गौतम, प्रमिशा बस्याल र अर्जुन न्यौपानेको अभिनय र नृत्य रहेको छ । यस गितबाट आफु निकै आशाबादी रहेको गायक गैरेले पm्यास नेपाललाई बताउनुभयो । गैरेको यस अघी पनी दर्जन बढी सालैजो, रोइला तथा दोहोरी गितहरु दर्शक स्रोतामाझ आइसकेका छन् । गीतमा राजेश घिमिरेको छायांकन, दीपक विष्टको सम्पादन र काजिस श्रेष्ठको निर्देशन रहेको छ ।
https://www.youtube.com/watch?v=YU5lOImd_D8

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *