काठमाण्डौं, पौष २९
सरकारी जागिरका लागी अवसर आएको छ । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको हो । आयोगले सातवटै प्रदेशमा गरी ८ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन गरेको छ । माग गरिएका पदहरुमध्ये खुल्ला बाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।
आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुरमा माघ २७ गतेसम्म रहेको छ । परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ ।