नयाँ पाठ्यक्रममै कक्षा ११ र १२ को पढाई हुने, विरोधको रिट अदालतद्धारा खारेज

काठमाण्डौं, पौष २८
अव नयाँ पाठ्यक्रममै कक्षा ११ र १२ को पढाई हुने भएको छ । नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सवोच्च अदालतले खारेज गरेपछि नयाँ पाठ्यक्रममै पढाई हुने भएको हो । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालल समेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सवोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिट नै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

रिट खारेज भएसँगै विद्यालयस्तरमा नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानोअनुसार पढाउने भन्ने द्विविधाको अन्त्य भएको छ । सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *